भरत प्रसाई, झापा। प्रेस चौतारी झापाले स्थापना गरेको राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट तीनजना नवोदित झापाली पत्रकारहरु पुरस्कृत गरेको छ । 

355400710_679169917320079_8961318354041455121_n

हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारी, रेडियो भिजनका पत्रकार अस्मिता साँखी र खबरखेती डटकमका तिलक योञ्जनलाई राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएकको हो ।

355403441_287235430389788_7296649347715765617_n

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी झापाको बार्षिक साधारण सभाको अवसरमा पुरस्कृत पत्रकारहरुलाई नगद राशी जनही ५ हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गर्नु भएको थियो  ।

प्रेस चौतारी झापाले १७ वर्ष अगाडि स्थापना गरेको सो पुरस्कार पाँचौं पटक वितरण गरिएको छ ।