भरत प्रसाई झापा ।आफ्ना मौलिक बाजा लाई संरक्षण गर्ने हेतुले बिर्तामोड ५ स्थित  महिला समुहको आयोजनामा  जय पाथिभरा नौमती बाजा समुह गठन गरिएको छ । 

 भाषा र संस्कृतीको  कुनै जात नहुने भएकाले  सबै जातीलाई गोलबद्ध गर्दै भाषा संरक्षण नै समुहको प्रमुख उदेश्य रहेको समूहकी उपाध्यक्ष पार्वता भट्टराई बस्नेत जानकारी  दिनु भयो ।

उहाँले  ५५ बर्ष भन्दा माथी उमेरका महिलाहरु संस्थामा रहको बताउनु भयो । समुहमा हाल २२ जना सदस्य रहेको जानकारी दिनु भयो ।

355844357_1612364529241253_6895515890430955434_n

उहाँले पुरानो संस्कार र बाजालाई जोगाउने उदेश्यले समुहको निर्माण गरिएको बताउदै  नेपालको पहिचान बाजा कुनै जाती विशेषले मात्रै  बजाउनु पर्छ  भन्ने समाजको भ्रम चिर्नका लागि यो अभियानमा जुटेको बताउनु भयो ।

 जय पाथिभरा नौमती बाजा समुहले बिर्तामोड ५ स्थित कृषीथोक पुर्व रहेको टिकटक कलेक्शनको  पसलको उद्घाट्न कार्यक्रममा नौमती बजाएर ब्यवसायीक बाजा बजाउन शुरु गरका छन् ।

355792582_1633912157098509_5668244996834794622_n

संस्कृतिलाईृ सम्मान गर्ने उदेश्यले महिलामा देखिएको सक्रियता समाजको लागि प्रेरणादायी रहेको  बिर्तामोड उद्योग बाणिज्य संघकी सह कोषाध्यक्ष राधिका चुडाल हुमागाईले  बताउनु भयो । 

जय पाथिभरा नौमती बाजा समुहले  वडाका हरेक कार्यक्रमलाई  बाजामैत्री  बनाउने अभियानमा जुटेको समुहकी अध्यक्ष देवीमाया  प्रसाईले जानकारी दिनु भयो ।