बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर स्थित समुहबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानि नोक्सानी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं ५ निसाने बस्ने ३२ बर्षीय प्रदिप खत्री रहेका छन् ।
उनको वन पैदावर हानि नोक्सानी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८र०५र१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद भई लगत नं।
११५८ मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो । उनलाई प्रहरी टोलीले आज गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराएकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।














