सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा आज बिहान आएकाे बाढीपहिराेबाट ३१ वटा घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । 

बाढीले पाक्न लागेको मकै र रोपाइँ गर्न राखिएको धानको ब्याडसमेत बगाएको हाे । 

लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच वटा  सुँगुर र ६० वटा कुखुरा मरेका छन् ।

'बाढीपहिराेले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ', वडाध्यक्ष कार्कीले भन्नुभयो– 'रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड पुरिँदा किसान मर्कामा परेका छन् ।