काठमाडौं । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आइतबार बजेट सार्वजनिक गर्दैछन् ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्ने गर्दछन् । शनिबारसम्म दशवटा स्थानीय तहले बजेट पेस गरिसकेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिकअनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट पेस गरिसकेका छन् ।
असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानअनुसार हरेक जेठ १५ गते संघिय सरकारको, असार १ गते प्रदेश सरकारको तथा असार १० गतेभित्र स्थानिय सरकारको बजेट ल्याइसक्नुपर्छ ।














