‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ बिर्तामोड नगरपालिका २ उज्यालो चारपाने बाल क्लवको आयोजनामा राष्ट्रिय धान दिवस मनाइएको हो ।

बिर्तामोड नगरपालिका भित्रका ५० भन्दा बढी बाल क्लवको सहभागिता रहेको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्वर २ को प्राविधिक सहयोग रहेको थियो । 

कार्यक्रमकी प्रमुख अतिथी बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले मुलुकको खाद्यान्य अभावलाई न्युनिकरण गर्न उत्पादन बढाउनु पर्नेमा जोड दिनु भयो । उहाँले नेपालले ४० / ४२ साल सम्म कृषी उत्पादन भारतमा बेच्ने गरेको स्मरण गर्दै  नेपालले कृषी प्रदान देशको रुपमा आफ्नो शाख जोगाउन नसक्नु दुखको कुरा भएको बताउनु भयो । 

btm-2

त्यसतै बिर्तामोड नगरपालिका शिक्षा शाखा  प्रमुख तिलचन्द भण्डारीले  एक दिन धान दिवस मनाएर मात्रै नपुग्ने बताउदै कनै पनि क्षेत्र बाजो राख्नु नहुने बताउदै उब्जनी क्षेत्रलाई भरपुुर सदुपयोग गनुृ पर्ने बताउनु भयो 

 बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापा संयोजक सरोज पौडेलले  झापामा पहिलो पटक बाल क्लवको आयोजनमा  यत्रो भव्य र सभ्य कार्यक्रम सम्पन्न भएको दावी गर्नु भयो ।

उहाँले  पछिल्लो समय बजारीकरणको कारण बालबालिकाले धान कसरी रोपिन्छ भन्ने कुरा थाहाँ नभएको कारण कृषीमैत्री सिकाई लाई जोड दिने प्रयोजनले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । 

355846795_274837648551102_4678479256645783932_n न्यटन एजुकेशका प्रधानाध्यापक देवेन्द्र हुमागाँईले नेपाल कृषी प्रदान देश भएपनी धान काँहा फल्छ कसरी रोपिन्छ भन्ने ज्ञान बालबालिकालाई नएकाले सिकाईको अभियान अन्र्तगत  ठुलो संख्यामा झापा भित्र रहेका बालबालिकाहरुको सहभागितामा  कार्यक्रम  गरिएको उहाँले बताउनु भयो ।

उज्यालो चारपाने बाल क्लवकी अध्यक्ष ऐलिना तिम्सनाले स्वागत गरेको कार्यक्रमलाई शिक्षा सञ्चार मञ्च झापा संयोजक पौडेलले सञ्चालन गर्नु भएको थियो ।