भरत प्रसाई     पूर्वराजा स्व. विरेन्द्र विरविक्रम शाहको सम्झना स्वरुप  चौथो किङ विरेन्द्र टुर्नामेन्ट आयोजना गरिएको छ ।

पोलेन्डको राजधानी र्वाश मा आयोजना गरिएको प्रतियोगितामा युरोप भरीका १० टिमको सहभागिता रहने आयोजक ब्रदरहुडले जनाएको छ ।

356550353_1021687208778173_5116208044793305714_n 1

  करीव ५० हजार भन्दा बढी नेपालीको बसोबास रहेको युरोप सहित आसपासका नेपालीको सहभागीता रहने अपेक्षा गरिएको बोहोराले जानकारी दिनु भयो ।

प्रतियोगिताले खेल संग युवाको पहुच पु¥याउने भएकाले विदेशी भुमिका पनि खेल प्रति मोह जागेको  खेलका संयोजक बोहोराको भनाइ छ ।

357062191_2514365402061283_6528217209587133518_n

खेल सम्पन्न गर्न  करीव ५ लाख खर्च  लाग्ने बताइएको छ । विदेसी भुमिमा बसेर पनि खेलको माध्यमबाट  नेपाली संग जोडिरहन पाँउदा आफुलाई खुशी लागेको  प्रतियोगिताका संयोजक बोहोरा बताउनु हुन्छ ।

357117735_474211424920397_4507968825637730198_n  हङगरी निवासी  सञ्जय कार्कीले प्रतियोगितामा रेफ्रीको भुमिका निभाउने  बताईएको छ ।  प्रतियोगिताको पहिलो टिमलाई नेपाली १ लाख र उपविजेतालाई ४५ हजार सहित मेडल र ट्रफी प्रदान गरिने छ ।

356091677_126058780526409_4962379375194059044_nकार्यक्रम व्यवस्थापन गर्न पोलेन्डमै रहेको  भान्सा रेष्टु्रेन्टले सहयोग गरेको जनाइएको छ ।  प्रतियोगिता यही जुलाई २२ गते हुदैछ । राज परिवारको सम्झनामा खेल प्रतियोगिताको आयोजना गरिदै आएको ब्रदरहुडले जानकारी दिएको छ ।