काठमाण्डाै । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान 'ए' सँगकाे खेलमा खराब शुरुवात गरेकाे छ ।

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेकाे हाे ।

नेपालले ९ ओभर १ बलमा ३९ रन बनाउँदा ६ विकेट गुमाएकाे छ ।

नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान राेहित पाैडेल ४ तथा भीम सार्की र पवन सर्राफ शून्य रनमा आउट भए ।

अहिले कुशल मल्ल र गुसलन झा क्रिजमा छन् ।