विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको टाउकोको नसा फुटेको जटिल शल्यक्रिया माइक्रोसर्जरी माध्यमबाट सफलतापूर्वक सम्पन्न गरिएको छ । उक्त सर्जरी न्युरो विभागका प्रमुख एवं वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो ।
वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्लेका अनुसार ब्रेन एन्युरिज्म क्लिपिङ एक प्रकारको माइक्रोसर्जरी हो जसमा सर्जिकल क्लिप मस्तिष्कमा धमनी विस्फार बन्द गर्न प्रयोग गरिन्छ ।














