काठमाडौं । इटाली भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्नुहुने भएको छ ।

इटालीको रोममा भईरहेको राष्ट्रसंघीय सम्मेलनको साइडलाइनमा उहाँले गुटेर्रेस र हसिनासँग छुट्टाछुट्टै भेटवार्ता गर्न लाग्नु भएको हो ।

प्रप्रधानमन्त्री दाहालसँग खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।