सौगात  घिमिरे,बिर्तामोड झापा जिल्ला अन्तर्गत पूर्वीय क्षेत्रमा अवस्थित भौतिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानीय तहको रुपमा बिर्तामोड नगरपालिका सुपरिचित रहेको छ।


बिर्तामोड नगरपालिकालाई जिल्लाकै एक आकर्षक केन्द्रबिन्दु अर्थात झापा जिल्लाकै मुटुको रुपमा लिइने गरिन्छ। स्थानीय निकायको व्यापक सक्रियताका कारण आज बिर्तामोड नगरपालिका विभिन्न क्षेत्रमा उत्कृष्ट स्थानीय तहको रुपमा रहेता पनि केही क्षेत्रमा भने निष्क्रिय रहेको छ।

आजको दिनमा बिर्तामोड नगरपालिका भित्र रहेका समस्याहरू मध्ये प्रमुख समस्या नगरभित्र बालबालिकाको अवस्था रहेको छ।

नगरपालिका विभिन्न विकासका कार्यमा सक्रिय भएता पनि बालबालिकाको क्षेत्रमा नगरपालिकाको चासो एवम् सक्रियता न्यून रहेछ मैले जिल्ला बाल सञ्जालमा बिर्तामोडको प्रतिनिधित्व गरिराख्दा प्रत्यक्ष रुपमा अनुभव गरेको छु।

नगरमा सडक बालबालिका, खुला सिमानाका कारण छिमेकी मुलुकमा बालबालिका बेचबिखन, बालश्रम, विद्यालय जानबाट बञ्चित बालबालिका जस्ता आवत समस्या अझै पनि जीवितै रहेका छन् भने यस्ता समस्यामा स्थानीय तहको सक्रियता खासै रहेको छैन।

खुल्ला सिमानाबाट सबै भन्दा प्रभावित हुने नगर मध्ये एक भद्रपुर नगरपालिका हो जुन नगरपालिकामा स्थानीय तहको सकृयता र बालबालिकाकै सहभागितामा आज प्रदेशकै पहिलो र देशकै पाचौँ बालमैत्री स्थानीय तहको रुपमा घोषणा भएको २ वर्ष बितिसकेको छ भने  बिर्तामोड नगरपालिकामा अझ सम्म बालबालिकाको क्षेत्रमा कार्य गर्ने नगर स्तरीय बाल सञ्जाल स्थापना हुन समेत सकेको छैन।

वास्तवमा के हो त बालमैत्री स्थानीय शासन व्यवस्थाहरु बालबालिकाका हक अधिकारका ४ वटा आयाम हरू अर्थात बाल बचाउ, बाल संरक्षण, बाल विकास र बालबालिकाको अर्थपूर्ण सहभागिताका सम्पूर्ण सवाल कुरालाई स्थानीय तहको नीति, नियम र योजना निर्माण तहमा कार्यन्वयन गर्ने, संस्थागत गर्ने पद्धति नै बालमैत्री स्थानीय शासन व्यवस्था हो।

बालमैत्री स्थानीय शासन व्यवस्थाका निमित्त बिर्तामोड नगरपालिकामा जनप्रतिनिधि द्वारा बाल सञ्जाल जस्ता मञ्च स्थापना गर्ने पटक पटक प्रतिबद्धता भएयता पनि अझ सम्म कार्यन्वयन हुन सकेको थिएन तर जिल्ला बाल सञ्जालले निरन्तर खबरदारी तथा सक्रियता बिर्तामोड नगरपालिकामा नगरस्तरीय बाल सञ्जाल गठन तर्फ देखाउदै आएको छ र पटक पटक पत्राचार समेत गरिसकेको छ जस कारण आज बालबालिका भोलिका कर्णधार मात्र हैनन् आजका साझेदार समेत हुन्  ।   

भन्ने मुख्य लक्ष्यका साथ बिर्तामोड नगरपालिकामा बालमैत्री स्थानीय शासन अभियानको सुरुवात भइसकेको छ   जस अभियान अन्तर्गत बिर्तामोड नगरपालिका भित्र सम्पूर्ण १० ओटै वडामा वडा स्तरीय बालक्लब गठन गर्न सफल भइसकेका छ भने छिट्टै नगर स्तरीय बाल सञ्जाल गठनमा नगरपालिका जुटेको  छ ।

123 2


झापा जिल्ला बाल संजाल,बिर्तामोड प्रतिनिधि

सौगात घिमिरे