काठमाडौं ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट एक जनालाई पक्राउ गरेको छ ।

विभागले भियाना होटलबाट आइतबार तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र भएको बुझिएको छ । उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए ।