काँकडभिट्टाज्याला बृद्धिको माग राखेर चिया श्रमिकले शनिवार झापाको काँकडभिट्टामा प्रदर्शन गरेका छन् । श्रम ऐनले तोके अनुसारको ज्याला पाउनु पर्ने माग राखेर चिया श्रमिक आन्दोलनमा उत्रिएका हुन् ।

कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले तीन वर्षदेखि चिया श्रमिकले न्यूनतम पारिश्रमिक समेत नपाएको बताए ।

श्रम ऐन, २०७४ मा श्रमिकले दैनिक पाँच सय ७७ रुपैयाँ ज्याला पाउने उल्लेख भए पनि बगान र प्रतिष्ठानमा कार्यरत श्रमिकले चार सय ३७ रुपैयाँ मात्र पाउँदै आएको उपाध्यक्ष राईले जानकारी दिए ।