367458298_601188855496778_1308015571404277372_n

भरत भाबुक प्रसाई  ।  अर्जुनधारा, रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले बहुप्रतिक्षित उत्सवमा रोटर्याक्ट कार्यक्रम अर्जुनधारा धाममा भव्यता पूर्वक सम्पन्न गरेको छ ।

367484203_601188985496765_8768486029775008024_n

कार्यक्रममा पूर्वी नेपालको ऐतिहासिक एवं चर्चित धार्मिक स्थल अर्जुनधारा धामको भ्रमण गर्ने तीर्थयात्रीहरूको सेवा गर्न समर्पित थियो ।

367488007_601188298830167_7545423846839482365_n

दर्शनार्थीहरूलाई चिया, कफी र चिसो पानी वितरण गरिएको थियो  ।

367409909_316132064222827_5194465734493369587_nश्रावण महिनाको अन्तिम सोमबार भएकाले लाभग्राहीको संख्या १० हजारभन्दा बढी रहेको अर्जुनधारा धाम विकास समितिले जनाएको छ । 

367414435_287554280585590_6698483548452915699_nविहान ४ बजेकाट दिउँसोको २ः३० बजेसम्म  रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र इन्टरेक्ट क्लब अफ देवभूमिका सदस्यहरुले दर्शनार्थीहरूलाई चिया, कफी र चिसो पानी वितरण गरेका थिए । 

रोटरी क्लवका १७ सदस्यले ३ फरक समय तालिका विभाजन गरि आउने भक्तजनहरुलाई प्रचण्ड गर्मीमा सर्वत र पानी पिलाई पुण्यको काम गरेका थिए । 

 अर्जुनधारा धाम समितिले रोटरी क्लवले भक्तजनलाई पु¥याएको सेवाको कदर गर्दै  प्रशंसा पत्रले सम्मान गरेको छ ।

367414447_1365654731018539_5370446655101203363_n

 अर्जुनधारा मन्दिर समितिका अध्यक्ष नवीन गट्टानिले मन्दिर व्यवस्थापनमा विशेष सहयोग गर्दै महाशिव मेलामा अर्जुनधारा धामको सहयोगी भएकोमा रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन लाई धन्यावाद दिनुभएको छ । 

367424500_1758161127930602_6518205849753262371_n

 कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण आरटीआर पियुष खेतान र पूजा गोल्ड चियाले गरेको थियो । 


रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनफले  चिया, कफी र चिसो पानी निःशुल्क वितरण  गर्दै कयौ भत्तजनको मन जित्न सफल भएको छ ।