भरत प्रसाई बिर्तामोड । वि.स २०७७ साल फागृन १५ गते बिर्तामोड निवासी गोविन्द कट्टेल र मदन खरेलले आर्कषक तलवको प्रलोपन देखाई छोरी कमला मुर्मुलाई ओमना पठाई दिन्छौ भन्दै अन्य केही महिलाका साथमा ओमान पठाउनुको सट्टा प्रतिबन्धित इराकमा पठाएको पिडित आमाको भनाइ छ ।
पिडित चेलीको पक्षमा लामो समय देखि आवाज उठाँउदै आएको समुन्नत नेपाले सहजीकरण गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष कोपिला बस्नेतले ३ तिन वर्ष देखि अति विपन्न परिवारकी चेलि बेचिएको आशंकामा धेरै सघ संस्था लाई खोजी गरिदिन आग्रह गरे पनि कसैबाट सुनुवाई नभएकामा दुखेसो ब्यक्त गर्नुृ भयो ।

उहाँले पिडित लाखी र्मुमुकी छिमेकी संगिता प्रसाई वंशलको फोन मार्फत पहल गरिदिन अनुरोध आएपछि सञ्चार माध्यमलाई जनकारी गराएको बताउनु भयो ।
२८ वर्षकी कमला र्मुमुकी एक छोरी छिन् गरिव भएकै कारण श्रीमानले छाडेपछि आफ्नो छोरीको शिक्षा दिक्षाका लागि विदेश जान उनी विवश थिइन ।
आफ्नो बुबाको मृत्यु पछि एक्लै भएकी आमालाई सुख दिन्छु भन्दै विदेशीएकी कमला र्मुमु कहिले खाली पेट काम गर्न बाध्य छिन् त कहिले कुटाई सहेर बस्नु पर्ने वाध्यता छ छ ।

आँखा भरी आशु पार्दै आमा लाखी र्मुमु भन्छिन्, गरिवको लागि कोही हुँदो रहेन छ । एक चिम्टी माटो नभएकी, र्मुमुका दुई छोरा त छन् तर भएपनि दुवै लागु पदार्थकोलतमा लागेर बेला बेला आमालाई कुट्ने गरेको पिडा ब्यक्त गरिन ।
विदेश पठाउने भनिएको ब्यक्ति कटे्लको मोवाइल ९८१७०६१८७९ नम्वर भएपनि स्विच अफ गरिएको छिमेकी प्रसाईले बताउनु भयो ।
माइती नेपाल स्थानिय प्रशासन र सामाजिक संघ संस्थाहरुमा आफ्नो छोरी झिकाई दिन सहयोग गर्नु परो भन्द कयौै कासिस गर्दै आएकी पिडित र्मुमुको आवाजलाई सम्वन्धित निकायले सुनेर न्याय दिलाउन आवश्यक छ ।














