बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित बीएण्डसी अस्पतालले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर महिलाहरुलाई निःशुल्क स्त्री तथा प्रसुती ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालले आगामी भदौं ३ देखि १८ गतेसम्म निःशुल्क स्त्री तथा प्रसुती ओपिडी सेवा सञ्चालन गर्ने भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो ।
अस्पतालले तीजको अवसर पारेर सम्पूर्ण महिलाहरुलाई निःशुल्क ओपिडी सेवा र परिक्षणमा १० प्रतिशत छुट दिने गिरीले बताउनुभयो ।
उक्त अस्पतालले खास अवसर पारेर विभिन्न स्वास्थ्य सेवाको अभियान सञ्चालन गर्दै आएको छ ।














