भरत प्रसाई, बिर्तामोड  झापाको बिर्तामोड १ मा रहेको श्री जंगा टोलमा हिजो शनिवार बेलुकी ७  बजे स्थानिय लाई जानकारी नै नगराई बिर्तामोड नगरपालिकाले सडकमा डम्पिङ गरेका भन्दै स्थानियबासी आन्दालित बनेका छन् । 

बिर्तामोड नगरपालिकाले हिजो एक स्थानीयबासी लाई सहमत गराइ उनकै घर अगाडी ४ ट्याक्टर फोहोर बाटोको दाँया बाँया फ्याकेको थियो ।

dev 1

सडकमा संवेदनशिल स्वास्थ्यलाई प्रभाव पार्ने फाहोर यसरी डम्पिङ गरिनाले धातक रोग लाग्न सक्ने सम्भावा  रहेको स्थानियको भनाइ छ ।

टोल विकास समिति भित्र रहेका ६५ घर लाई कुनै जानकारी नै नगराई रातीको  समयमा  फालिएको फाहोर  हटाउन आग्रह गरेका छन् । 

विर्तामोड नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष एवं विर्तामोड नगरपालिका प्रवत्ता अग्नि पाण्डेले फोहोर व्यवस्थापन गरी बाटोलाई फराकिलो बनाउन लागेको उहाँले बताउनु भयो ।

dump2 2

उहाँले फाहोर लाई सहितरीकाले ५ फिट तल गाडी व्यवस्थापन गरिएको बताउनु भयो । स्थानियको विरोध आएपछि वडाका प्रतिनिधि र  स्थानिय बिच  बाँकी रहेको फोहोर डम्पिङ गर्न अन्तै लैजाने कुरा भएपछि  छलफल सम्मे भएको  थियो ।

श्री जंगा टोल विकास समितिका अध्यक्ष झलक सिंह राजवंशीले वडाको कदम गलत भएको भन्दै डम्पिङ गरिएको फाहोर हटाएर स्थानिय सरकार जनताको लागि हो भन्ने आभास दिलाउन  वडालाई  आग्रह गर्नु भयो ।