नेपालका सबै विश्वविद्यालयहरूको शैक्षिक पात्रो एकीकृत बनाउनका लागि भन्दै विश्वविद्यालय अनुदान आयोगले नयाँ नियम लागु गराएको छ।

भदौ १ गतेदेखि लागु हुने गरी उसले राष्ट्रिय एकीकृत शैक्षिक क्यालेन्डर प्रकाशित गरेको हो।

उक्त क्यालेन्डरले ब्याचलर्स, मास्टर्स लगायत उच्च शिक्षा पठनपाठनमा संलग्न शैक्षिक संस्थाहरूलाई एउटै सूत्रमा बाँध्ने उद्देश्य राखेको आयोगले बताएको छ।

परीक्षाका कार्यक्रमहरूमा ढिलाइ हुँदा धेरै विद्यार्थीले गुनासो गर्दै आएका छन् । नयाँ शैक्षिक पात्रो अनुसार मंसिरको पहिलो सातादेखि स्नातक तथा स्नातकोत्तर तहका कक्षाहरू जसरी भए पनि सुरु गर्नुपर्ने बताइएको छ।

 जनहितमा जारी

के छ एकीकृत पात्रोमा ?

“यसले भर्नादेखि अन्तिम परीक्षाफलको प्रकाशनसम्मलाई व्यवस्थित गराउँछ। सबै विश्वविद्यालयहरूले यही क्यालेन्डरभित्र रहेर आफ्ना आफ्ना शैक्षिक कार्यक्रम लागु गर्नुपर्ने हुन्छ,” देशैभरि उच्च शिक्षाको गुणस्तर उकास्ने उद्देश्यका साथ स्थापित विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक देवराज अधिकारीले बताए ।

देशभरिका विश्वविद्यालयहरूले नयाँ शिराबाट व्यवस्थित ढङ्गले भर्ना, परीक्षा र परीक्षाफलका प्रणाली विकास गरून् भनेर एकीकृत शैक्षिक पात्रो ल्याइएको उनको भनाइ छ।