मुना प्रसाई ,  नेपालगञ्ज  । हवाइ उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्लथमा बस्नु परेको यात्रुरुहरुले गुनासो गरेका छन् । 

‘दुई दिन भइसक्यो जहाज कुरेको । मौसमयमा सुधार नआउँदा डोल्पा  जान सकिएको छैन एक यात्रु बताउन् ।

स्थलमार्गबाट जान पनि सम्भव नभएको ठूलीभेरी नगरपालिका डोल्पाका इन्जिनियर राजेन्द्र ठकुरले जानकारी दिनु भयो ।

सडक यातायात भरपर्दो नहुँदा हवाइ सेवा लिनुपर्ने, त्यसमा पनि मौसमले समस्या भएर आउँदा हिमाली जिल्लाका सर्वसाधारण यात्रा गर्न मुस्किल हुँदै आएको छ ।

डोल्पामा सडक पुगे पनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न मस्किल हुँदै आएको छ । खोलामा पानीको मात्रा बढेका कारण यात्रामा समस्या हुँदै आएको हो ।

मुगुमा सडक भए पनि वर्षायामका भत्किएका कारण सहजरूपमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन ।

हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन ।

नेपालगञ्ज विमानस्थल प्रशासनका अनुसार मौसममा अझै सुधार भएको छैन । मौसममा सुधार आएपछि मात्र पुनः हवाई सुरु गर्ने बताइएको छ ।