बिर्तामोड   भरत प्रसाई ,  राष्ट्रिय युवा संघ नेपालले सरसफाई तथा  बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

बिर्तामोड नगरपालिका वडा नम्बर २ वडा कमिटीको आयोजनामा ५ सय बिरुवा रोपिएको संघका अध्यक्ष कमला लिम्बुले जानकारी दिइन् ।

368174198_988311225572360_5757702560979879404_n

 जनहितमा जारी

कार्यक्रममा युवा संघ केन्द्रीय सदस्य खगेन्द्रराज आङ्दाङ्बे,नगर कमिटी अध्यक्ष रोहित ओलि ,खेलकुद महासंघ केन्द्रीय सदस्य तथा वडाध्यक्ष किशोरकुमार पौडेल,नगर कमिटी अध्यक्ष माधब खरेल ,खेलकुद बिकास समिति अध्यक्ष बिकास गिरि  ,नेकपा एमाले जिल्ला कमिटी सदस्य डम्बर देउजा,नगर कमिटी अध्यक्ष सुभाष भट्टराई ,बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईं,उप(मेयर नगेन्द्र संग्रौलाले  बृक्षारोपण गरेका थिए। युवा संघले १ युवा ५ बिरुवा अभियान अन्तरगत बाताबरण संरक्षणमा कार्यक्रम गरिरहेको छ ।

368255291_317142120665207_1969961945403905566_n

वडा कमिटी अध्यक्ष कमला लिम्बुको अध्यक्षता रहेको कार्यक्रममा बक्ताहरुले समाज रुपान्तरणमा युवाको भुमिका महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा बोल्दै नगर उप(प्रमुख संग्रौलाले युवाहरुलाई रचनात्मक काममा प्रेरित गर्न स्थानीय सरकारले सकेको सहयोग गर्ने र प्रेरित गर्ने बताए ।