झापा । भारतसँग १० विकेटको पराजय भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ।

सोमबार बेलुकाको खेलमा वर्षाले बीचमै खेल अवरुद्ध भएपछि ५० ओभरको खेल २३ ओभरमा झारिएको थियो। ओभर घटाएपछि भारतले १४५ रनको लक्ष्य पाएको थियो। भारतले विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा लक्ष्य पूरा गर्यो।

खेलमा भारतको जितका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ र शुभमन गिलले ६२  बलमा ६७ रन जोड्न सफल भए। यसअघिकाे पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।