काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबारका लागि पेसी तोकिएको छ ।

बहस पटक/पटक स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको छ ।

यसअघि भदौ १० गते मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।

सन्दीप एसिया कप खेलेर हिजो मात्रै स्वदेश फर्किएका छन् ।