जापानले पनि चन्द्रमाको सतहमा यान अवतरण गराउने अभियान शुरु गरेको छ । आज बिहीवार बिहान जापानको स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन मिसन (स्लिम) सफलतापूर्वक प्रक्षेपण भएकाे अधिकारीहरूलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यो मिसन झन्डै पाँच महिनाभित्र अर्थात् आउँदो फेब्रुअरीमा चन्द्रमाको सतहमा अवतरण हुने सम्भावना छ । यस मिसनको प्रक्षेपणपछि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जापानलाई बधाई दिएको छ ।

यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौँ देश हुनेछ । अहिलेसम्म अमेरिका, रुस, चीन र भारतले मात्रै चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक अवतरण गरेका छन् । जापानको यो परियोजना १० करोड डलरको छ ।