देव बाँस्कोटा, बिर्तामोड ।   विश्व आत्महत्या दिवस हरेक बर्ष  १० सक्टेम्वरमा  मनाइने गरिएको छ ।

विश्व स्वाथ्य संगठनले  हरेक  बर्ष विश्वव्यापी  आत्महत्याका कारण ८ लाख  भन्दा बढी मानिसहरुको  मृत्यु हुने अनुमान  गरेको छ ।

नेपालमा मात्र नभएर   विश्वमै  आत्महत्या  गर्ने   बढ्रदो क्रमले यसको रोकथाममा  चुनौती  थपिदै गएको  छ । 

 २०१४ साल देखि २०२२ सम्म आइपुग्दा  आत्महत्या गर्नेको सङ्या ७५ प्रतिशतले वृद्वी भएको  नेपालको पछिल्लो तथ्याङ्कले देखाएको छ ।  २०७८/२०७९ मा झन्डै तेब्बर वृद्वी भई ९२ जनाले आत्महत्या  गर्न पुगेका छन् ।

२०७९ / २०८० मा झापामा १२९ महिलाले  आत्महत्या गरेका छन् । त्समध्ये ९ जनाले महिलाले   विष सेवन गरेर मुत्यू  रोजेका थिए  भने  १२० जनाले  झुन्डिएर  देह त्याग गरेका छन् । 

यता झापाको बिर्तामोड १ मा रहेको मनकामना क्याम्पस BASW चौथो बर्षको विद्यार्थीहरुले आत्माहत्या  रोकथाम दिवसको अवसरमा विद्यार्थीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

BASW चौथो बर्षका विद्यार्थी इक्साङ लिम्बु र लाजिया  बरालले  सहजीकरण गरेको कार्यक्रमको संचालन सञ्चारकर्मी दिपक ढुङगानाले गर्नुभएको थियो ।

क्याम्पस प्रमुख प्रेम भट्टराईको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न संकायका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।