देब बाँस्कोटा, बिर्तामोड  झापाको बिर्तामोड १ स्थित मनकामना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गर्ने उदेश्यले प्रयोगात्मक प्राविधिक शिक्षा सञ्चालनमा ल्याएको छ । 

विद्यालयमा प्रविधिक तथा व्यवसायिक शिक्षा दिई विद्यार्थीहरुलाई स्वरोजगार बनाउन सकिन्छ र यसबाट नै बैज्ञानिक, रोजगारमुलक शिक्षा प्राप्त हुन्छ भन्ने उदेश्यले विभिन्न ६ विधाका विज्ञहरुलाई सहभागी गराई विद्यार्थीहरुलाई  सीपमुलक प्रशिक्षण प्रदान गरिएको हो ।

375013742_271431175842352_250607823560107085_n

मनकामना माध्यमिक विद्यालयका प्रधानध्यापक केशव ढुङगानाले कार्यक्रमको औचित्यमाथि प्रकाशपार्दै विद्यार्थीहरुको जीवनमा आइपर्ने स– साना समस्याहरुको समाधान गर्दै भोलीका निम्ति रोजगारको अवसर प्रदान होस भन्ने उदेश्यले माध्यमिक तह देखि नै प्राविधिक शिक्षा शुरुवात गरिएको उहाँले बताउनु भयो ।

६ फरक विधामा १४ विद्यार्थीहरलाई  सहभागी गराई  आजबाट प्रयोगात्मक प्रशिक्षण शुरु गरिएको उहाँले बताउनु भयो । 

375195540_713050733955995_4376649518009599590_n

यस किसिमको शिक्षाले विद्यार्थीहरुको अन्तरनिहित क्षमता बुझ्न र विद्यार्थीहरुको रुचीको बिषयतर्फ  काम गर्न प्रेरित गराउन मद्वत मिल्ने प्रधानध्यापक  ढुङगानाले  बताउनु भयो । 

प्राविधिक शिक्षाका विधाहरुमा मोटरसाईकल मर्मत, हेयर डिजाईन  प्लम्बर, ब्युटिसियन, विजुली मर्मत लगायतका जीवनउपयोगी सिपहरु सिकाइने सहायक प्रधानध्यापक  ध्रुव गौतमले जानकारी दिनु भयो ।

372317834_342937591493840_808927349364955142_n

झापामा पहिलोपटक विद्यालय स्तरमा यस प्रकारको कार्यक्रम सञ्चालनमा ल्याइएको विद्यालयका शैक्षिक कोअडिनेटर शारदा थपलियाले दावी गर्नु भयो । 

 प्रत्येक महिना सञ्चालन हुने यस प्रकारका गतिविधिहरुले घरमा आईपरेका साना तिना समस्याहरु आफै समाधान गर्नसक्ने बानीको विकास गर्ने  प्रशिक्षक बिनोद पाण्डेले जानकारी दिनु भयो ।

Capture 4

विभिन्न प्राविधिक विधामा संगिता रसाईली, पवित्रा तामाङ, आशिष लेप्चा, विनोद पाण्डे, जयन्ता आचार्य र शंकर गौतमले निशुल्क शिक्षा प्रदान गरिने विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रममा कक्षा ८ र ९ का  ९० जना भन्दा माथि विद्यार्थीहरुको सहभागी रहेको थियो ।कार्यक्रमको सञ्चालन बाल सञ्जाल झापाका संयोजक सरोज पौडेलले  गर्नु भएको थियो ।