भरत भाबुक प्रसाई । बिर्तामोड, नगरपालिका वडा न.७ मा संचालित वडा स्तरीय बालक्लबले ५९औं राष्ट्रिय बालदिवसका अवसरमा अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा बिर्तामोड नगरपालिका वडा न.७,८ र ९ का सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुकाे सहभागिता रहेकाे िथयाे ।

क्लबकी अध्यक्ष अनिशा रिजालको अध्यक्षता साथै वडा न.७ वडा अध्यक्ष अविरल कृष्ण खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

खरेलले बालदिवसलाई सफल बनाउन आयोजीत कार्यक्रम भव्य बनाउन सहयोग गर्ने नागरिक समाज लगायत पत्रकारहरुलाई धन्यवाद दिनु भयो ।

उहाँले बालबालिकामा लगानी गर्न स्थानीय निकाय सदैव तत्पर रहेको र आगामी दिनमा बालमैत्री वडा घोषणाका निम्ति धेरै योजनाहरु बनाइसकेको बताउनु भयो ।

त्यसैगरि योजनालाई कार्यन्वयन गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

बालबालिका शिक्षा सन्चार मञ्च संयोजक सरोज पौडेल, केवीआर क्रिएशनका प्रबन्ध निर्देशक एवं मोफसल अनलाइनका प्रधान सम्पादक भरत प्रसाईले शुभकामना मन्तव्य राख्दै बालबालिकाको हित र चौतर्फी बिकासमा सबै तहबाट पहल हुनुपर्नेमा जोड दिनु भयाे ।

बालबालिका शिक्षा सन्चार मञ्च संयोजक सरोज पौडेल, केवीआर क्रिएशनका प्रबन्ध निर्देशक एवं मोफसल अनलाइनका प्रधान सम्पादक भरत प्रसाई, सञ्चाकर्मी अच्युत सुबेदी, स्थानिय समाजसेवी सुमन आर्चाय, बिवेक निशानी, वडा सदस्य खडानन्द निरौला लगायतको उपस्थिती रहेको थियो ।

सञ्चारकर्मी हरि बरालले क्विज मास्टरको भुमिका निर्माण गर्नु भएको प्रतियोगितामा निर्णायकका रुपमा सञ्चारकर्मी प्रसाई रहनु भएको थियो ।
कार्यक्रम क्लबका सचिव साथै झापा जिल्ला बाल संजाल,सदस्य बिर्तामोड नगर प्रतिनिधि सौगत घिमिरेले सञ्चालन गर्नु भएको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा बिर्तामोड ७ को बेल्स मोडल विद्यालयले प्रथम स्थान, बिर्तमोड ८ को लालीगुराँस इङलिस विद्यालय दोश्रो र बिर्तामोड ७ कै कन्चन माध्यमिक विद्यालय तृतिय हुन सफल भएको थियो ।

प्रथम हुने बेल्स मोडल विद्यालयलाई केवीआर प्रोडक्शनले ३ महिने बेसिक कोर्ष प्रदान गरेको छ ।














