काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ ।

  संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ ।