मेचीनगर    संविधान दिवसको अवसरमा गत बुधवार  मेचीनगर १० स्थित सुभारम्भ अभियानले दिप प्रज्वलन गरेकाे छ । 

विगतमा झैँ वातावरण केन्द्रित अभियानलाई संस्थाले निरन्तरता दिएको छ । 

स्वच्छ वातावरण सुन्दर नगर को नारालाई आत्मसाथ गरेको सुभारम्भ अभियानले सोमबार नगरलाई सुन्दर बनाउन ठाउँ ठाउँमा बिरुवा रोपेको गमलालाई रङ्गरोगन  गरेको थियो । 

स्थानीय प्रतिनिधिको उपस्थितमा अभियानले धुलाबारी चोकमा राष्ट्रिय  झण्डा भण्डोतलन कार्यक्रम सम्पन्न गरेको थियो  ।

381908251_1369757447280014_1892742788045795207_n 1

मेची उद्योग वाणिज्य संघ, धुलावारि जेसिज, ई.प्र.का धुलाबारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थितीमा सम्पन्न भएको हाे ।

कार्यक्रममा वन अभियानकर्मी तथा समाज सेवी दिपक नेपालले स्वर्गीय पत्नी जानुका नेपालको सम्झनामा विभिन्न बिरुवा हस्तान्तरण गरेका थिए  

380996073_735850158352196_3615561077203350378_n

समाजिक कार्यमा बिगत लामो समयदेखि सक्रिय सुभारम्भ अभियानले यसअघि कोरोनाकालमा मास्क साथै राह्त वितरण, समाजमा वास्तविक योगदान पुर्याउने ब्याक्तिलाई सम्मान तथा वातावरण स्वच्छ र हराभरा बनाउन बाटोमा फुलका बिरुवासहितको गमला राख्ने लगायतका विभिन्न कार्य गर्दै आइरहेको छ ।

आगामी दिनमा सरसफाइ अभियान सहित बिपन्न बर्गको सहयोगी भुमिकामा थप ससक्त ढंगले लागि पर्ने अभियानका संयोजक केपि सिवाकोटिले जानकारी दिए ।