प्रेस काउन्सिल नेपालले आफ्नो ५४औ बार्षिक उत्सवको अवसरमा विभिन्न सम्मान घाेषणा गरेको छ ।

 प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अग्रज  पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

करीव ३ दशक देखी  नेपाली पत्रकारिताको  विभिन्न विधामा रही सामाजिक रुपान्तरण, लैङिगक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलम चलाउँदै आउनु भएका शर्मालाई उत्त पुरुस्कार प्रदान गरिने भएको छ ।

381444753_6711839078905320_6120850016200884529_n

त्यस्तै  प्रेस काउन्सिल कृयाशिल पत्रकारिता पुरस्कार  प्रेम आर्चाय र  प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट मनकुमार गदाललाई सम्मान गरिने भएको छ ।

381414457_6711838962238665_1359480943141118558_n

यही शनिवार प्रेस काउन्सिल नेपालको ५४औ स्थापना दिवसको अवसरमा  शनिवार राष्ट्रपतिको हातबाट सम्मानित गरिने भएको छ ।

 प्रेस काउन्सिल पत्रकारिता शु्रेन्द्रबहादर बस्नेत पुरुस्कार खोटाङका  पत्रकार  दमन राईलाई दिइने निर्णय गरिएको छ । जसको पुरुस्कार राशी १ लाख १० हजार धोषणा गरिएको छ ।