
भरत भाबुक प्रसाई । उहाँ हुुनु हुन्छ इलाम माइनगरपालिका वडा नम्वर ८ की शान्ता घिमिरे विगत लामो समय देखि ब्रेस्ट क्यान्सरबाट पिडीत हुनुहुन्छ । जसो तसो गुजारा गरेर जिवन बताइरहेको घिमिरेको परीवारमा अचानक बज्रपात प¥यो ।

खेतीपाती गरेर जीवन बिताई रहेको घिमिरे परिवारले विरामी शान्ताको उपचार गर्न हर सम्भव कोेशित गरे,विएण्ड सीमा लामो समयको उपचार गरेपछि दोश्रो स्टेज सम्म पुगेको ब्रेस्ट क्यान्सर चितवनमा रहेको वि पी कोइराला क्यान्सर अस्पतालमा अप्रेशन गरिएको थियो । विपन्न परिवारकी शान्ता अप्रेशन पछि केही नीको भएकी थिइन तर पुन घाउ बल्जियो ।

६ जनाको परिवार, विहान बेलुका हातमुख जोड्न घौ घौ भईरहेको बेला परिवारको मियो आमा
थला परेपछि परिवार नै विक्षिप्त बन्न पुगेको छ । आमाको अवस्था यस्तो देख्दा मन
भक्कानिए रुन्छ भावुक हुदै छोरी दिक्षा भन्छिन् ।

परिवारमा भईचालो आईरहेको बेला सहारा बनेर आएको छ ,खन्चुवा ग्रुप ।
करीव १ वर्ष पहिले फेसबुक ग्रुपका माध्यमद्वारा परिकार कसरी बनाउने भन्ने सम्बन्धमा जानकारी मात्र दिने उदेश्यले सञ्चालनमा आएको ग्रुपले पछिल्लो समयमा परोकारी सेवा भावनाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
ग्रुपले सामाजीक सेवामा लागेर रोगी दिन दुःखीको पक्ष सहयोग आउँदा दिन हरुमा निरन्तर लागिरहने समूहकी सदस्य रोङ २ इलाम निवासी भावना कार्की बताउनु हुन्छ ।

खन्चुवा ग्रुपले तिज मिलन कार्यक्रम मार्फत संकलन गरेको पैसाबाट ३० हजार ब्रेस्ट क्यान्सरबाट पिडीत शान्ता घिमिरलाई प्रदान गरेको छ ।
पिडीत शान्ता घिमिरकी छोरी दिक्षा घिमिरेले यो जटिल समयमा हृदय ठुलो पारी यति ठुलो सहयोग गरेकोमा ग्रुपलाई आभार व्यक्त गर्नु भयो ।
खन्चुवा ग्रुपमा नेपाल भरि १४ हजार भन्दा बढी सदस्य रहेको सदस्य बिर्तामोड ६ की सुभद्रा घिमिरेले जानकारी दिनु भयो ।
खन्चुवा ग्रुपले ब्रेस्ट क्यान्सरबाट पिडीतलाई बचाउन सबै
सहयोगी मनहरुलाई आग्रह गरको छ ।














