भरत प्रसाई ।  बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी श्रीप्रसाद तिम्सिनाले नगर अस्पताललाई फलामको बेन्च सहयोग गर्नु भएको छ । 

तिम्सिनाले आफ्नो ८५ औं जन्मदिनको अवसरमा ४ वटा बेन्च प्रदान गर्नु भएको हो । उहांले ४० हजार रुपैयांको लागतमा निर्माण गरिएको बेन्च बुधबार नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई हस्तान्तरण गर्नु भयो । 

199905a2-2e2e-4b6f-a545-213f9caf351c

 सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै तिम्सिनाले नगर अस्पतालमा कार्यरत कर्मचारीले दिएको सेवाबाट सन्तुष्ट भएर बेन्च सहयोग गरेको बताउनु भयो ।

सामाग्री ग्रहण गर्दै नगर उप प्रमुख संग्रौलाले जेष्ठ नागरिक, स्थानीय समाजसेवी तिम्सिना र उहांकी धर्मपत्नी टिकादेवी तिम्सिनालाई धन्यवाद दिंदै सु९ स्वास्थ्य दिर्घायुको कामना गर्नु भयो । 


 फलामको बेन्च सहयोगले दैनिक सयौंको संख्यामा आउने बिरामीहरुलाई बस्नको लागि सहज भएको छ ।

बेन्च हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरअस्पतालमा दैनिक वालरोज्ञ विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी, स्वास्थ्य बिमा लगायतका सेवा उपलव्ध छन् ।