भरत प्रसाई, भद्रपुर । भद्रपुर नगरपालिका र दक्षिणी झापाको कचनकवल गाउँपालिकामा व्यावसायिक रूपमा किसानले लगाएको केरा खेतीमा हावा हुरीका कारण ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

कचनकवलमा करिब १५ हेक्टर क्षेत्रफल र भद्रपुरमा ९ हजार केराको बोटमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाको तथ्याङकले बताउछ ।

कचनकवल गाउँपालिकाका कृषि शाखा प्रमुख संगम सापकोटाका अनुसार २३ किसानले लगाएको केरा खेतीमा ६० देखि ६५ प्रतिशत केराका बोटहरु हावाहुरीका कारण नष्ट भएको जनाइएको छ ।

चाडवाडलाई लक्षित गरेर किसानले लगाएको केरा पूर्णरुपले क्षति भएपछि कृषकरु मारमा परेका छन् ।

कचनकवल गाउँपालिका वडा नं ४ का स्थानिय सतलाल गणेश लगायत २४  किसान परीवारले सहकारी तथा बैङ्कको ऋणमा लगाएको केरा खेति गरेका थिए । पर्वको मुखमा आएको यो विपत्तिले आफुहरुलाई ठुलो पिडा दिएको अर्का कृषक धर्मेन्द्र यादव बताउनु हुन्छ ।

अहिलेको अवस्थामा उनीहरुको लागत खर्चमात्रै दुई सय पचास रुपैयाँ पुगिसकेको छ भने प्रति केराको घरि ४०० देखि ५०० रुपैयाँसम्म बिक्री हुँदै आएको उनीहरु बताउँछन ।

हावाहुरीबाट करिब ४० लाखको  बराबरको क्षती  भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले बताउनु भयो ।

उनीहरुले स्थानीय सरकार तथा केन्द्र सरकारबाट राहतको अपेक्षा दिएर  सरकार जनता संग छद भन्ने आभास दिलाउन अपिल गरेका छन् ।