बिर्तामोड । भरत भाबुक प्रसाई, प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएपछि मुलुक नै शोकमा डेबेको छ ।

आफ्ना सुन्दर सपना साकार पार्न सकिएलाकी भनेर आमा बाबुको काख छोडी विदेशीएका नेपालीको पिडादायी मरणले  नेपाल नै राेएको छ ।

WhatsApp Image 2023-10-10 at 9.33.24 AM

मर्ने कसैलाई रहन हुदैन, नमरेको प्रहर हुदैन,भने झै  सपना किन्न सपना बेच्न पुगेका नेपालीको अकालमा ज्यान गएको छ । यसै सन्दरभमा  झापाको मुटु बिर्तामोड १ मा रहेको मनकामना सेकेन्डरी स्कुल तथा क्याम्पस एवं वि.एस.डब्लु विभागको आयोजना शोकसभा सम्पन्न गरिएको छ ।

मनकामना कलेजमा अध्ययनरत विभिन्न विद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको शोक सभामा मृत आत्माको चिर शान्तिका लागि दिव प्रज्वलन सहित एक मिनेट मौनधारण गरिएको थियो ।

Capture 3

लर्न एण्ड अर्नमा इजरायल गएका १० जना नेपाली विद्यार्थीहरुको अकालमा मृत्यु भएकोमा मनकामना कलेज पनि शोकमा डुबेको छ ।

मनकामना कलेजका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराइले पिडाको बेला भगवानले शोकसंतप्त परिवार लाई आत्माबल प्रदान गर्ने शक्ति दिउन भन्दै यो खवरले आफु स्तब्ध भएको बताउनु भयो ।

a55e41a1-2fb7-479a-aea1-cd440882852a

त्यस्तै क्याम्पसका शैक्षिक ओअडिनेटर कुमार थपलियाले शिक्षाका लागि  विदेश गएका नेपालीहरुको मृत्यु आफैमा पिडादायी भएको बताउदै, शोकसंतप्त परिवार संगै मनकामना कलेज रहेको बताउनु भयो ।

उहाँले सरकारले जति सक्तो चाँडो शव ब्यवस्थापन सहीत सम्बन्धित परिवारलाई शव हस्तान्त।ण गरोस भन्ने माग सम्पूर्ण नेपालीको रहेको बताउनु भयो ।

c0f26fe6-6d9f-4c19-8a73-bf176a48f18f (1)

शोक सभामा क्याम्पसका सहायक प्रमुख राजेन्द्र प्रसाई, शैक्षिक कोअडिनेटर कुमार भट्टराई  वि.एस.डब्लु विभागका शिक्षक प्रभात शिवाकोटी,शिक्षक मित्रजङ कार्की,मिलन कोइराला, केशव ढुङगाना,सुधिर सुवेदी, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विएस डब्लुका विद्यार्थी प्रविन गौतमले गर्नु भएको थियो ।