काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ मिडियाहरुले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन् । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले विहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ को दिन अचानक हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा निधन भएको जनाएको छ ।    ६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए ।