काठमाडौं । शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्दै कर्णाली प्रदेश सरकारले आईतबार प्रदेशभर शोक बिदा दिएको हो ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार भूकम्पमा परेर मृत्यु हुनेहरुको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको हो ।
प्रदेश सरकारले भूकम्पपीडितहरुलाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पमा परी प्रदेशका दुई जिल्ला जाजरकोट र रुकुमपश्चिमका १५७ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते छन् ।














