नेपाल पत्रकार महासंघले जाजरकोट केन्द्रबिन्दू भएर गएको भूकम्पबाट प्रभावित सञ्चार संस्था र पत्रकारलाई राहत उपलव्ध गराउन पहल गर्ने भएको छ ।

बुधबार काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति बैठकले भूकम्पबाट प्रभावित सञ्चार संस्था र पत्रकारलाई राहत उपलव्ध गराउन बैदेशिक शाखा र अन्य संस्थाहरुमार्फत पहल गर्ने निर्णय गरेको हो । संकलित राहत महासंघको केन्द्रीय समितिका पदाधिकारी र प्रभावित पत्रकारको विवरणका आधारमा बितरण गरिने महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

jajarkot-7उहाले भूकम्पका कारण दुईवटा सञ्चार संस्थाको भवन पूर्णरुपमा क्षति भएको र महासंघका दुई जना केन्द्रीय सदस्यलगााएत दर्जनौ पत्रकारहरुले वास गुमाएको जानकारी दिनुभयो ।

त्यसैगरि महासंघको बैठकले महासंघलाई लाञ्छना लगाएर कान्तिपुर मिडिया ग्रुपले निकालेको बिज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघप्रति लगाएको आरोप पुष्टि गर्न चूनौति दिएको महासचिव पुरीले बताउनुभयो ।

महासंघले कान्तिपुर मिडिया ग्रुपका बिभिन्न संचारमाध्यमले महासंघबिरुद्ध प्रकाशित तथा प्रसारित समाचार पत्रकार आचारसंहिता बिपरित भएको भन्दै प्रेस काउन्सील नेपालमा उजुरी गर्ने र कान्तिपुर बिरुद्धको आन्दोलनलाई शसक्तबनाउने निर्णय गरेको महासचिव पुरीले जानकारी दिनुभयो ।