स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित १ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ललितपुर चापागाउँ डेरा गरी बस्ने भारत सीतामणि घर भएका ३६ वर्षीय अमर शर्मा रहेका छन् ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई सोमवार दिउँसो काठमाडौं महानगरपालिका १२ टेकु कालो पुलबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।