गौरादह । भरत प्रसाई, झापा जिल्ला गौरादह नगरपालिका.२ बस्ने मुक्तिप्रसाद मिश्रको ईट्टाको वाल र टिनको छानो भएको गोठ धरमा खोले पकाउने क्रममा आगलागि हुँदा १ गाई जली धाइते र १ बाछिको जली मृत्यु भएको छ ।
गोठको काठपात समेत जलि नष्ट हुदाँ १ लाख ,६० हजार ९ बराबरको क्षति भएको इप्रका गौरादहले जनाएको छ ।
आगलागिमा परी कुनै मानविय क्षती नभएको, उक्त आगो गौरदहको नगरपालिका , कमल गाँउपालिकाको दमकल र स्थानियको सहयोगमा ७ः५० बजे पूर्णरुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय झापाले जनाएको छ ।














