मेचीनगर । भरत भाबुक प्रसाई झापाको मेचीनगर १२ स्थित भद्रकालीटोल सहरेडाँगीमा रहेको श्री पञ्चवटी वीरभद्र महाकाली धाममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन धान्याञ्चल महापुराण आयोज हुने भएको छ । 

आज आयोजित पत्रकार सम्मेलनमा उत्त कुराको जानकारी दिइयो ।

IMG_0585

मंसिर १५ देखि २१ गते सम्म सम्पन्न हुने महापुराणमा भागवत मञ्जरी पुज्य राधिका दासी  प्रमुख बाचिका रहनु भएको छ ।

धार्मिक पर्यटनलाई बढावा दिने, सामाजिक गतिविधीलाई  सम्पन्न गर्ने हेतुले सामुदायिक भवन निर्माण, जग्गा कम्पाउण्डको धेराबारा ,जेष्ठ नागरीक  चौतारी निर्माण लगायतका उदेश्यले महापुराण आयोजना गरीएको पुराण ब्यवस्थापन समितिले जनाएको छ ।

222222

२०७२ सालमा मेचीनगर १२ निवासी रविन्द्र प्रसाईले आफ्नो बुबा अभिचन्द्र प्रसाईको स्मृतिमा मन्दिरका नाममा २ कठ्ठा ३ धुर जग्गा दान गर्नु भएको थियो ।

हालसम्म मन्दिरको नाममा ६ कठ्ठा जग्गा रहेको छ । पत्रकारहरुको प्रश्नको  जवाफ दिदै पुराण ब्यवस्थापन समितिका अध्यक्ष   तिलकप्रसाद गिरीले  धेरै मन्दिरहरु रहेको सरेडाँगाी श्रेत्रका लागि सार्वजनिक अनुष्ठान गर्ने स्थान नभइरहेको परिपेक्षमा यस अनुष्ठानले  धार्मिक एकता  सहितको  धार्मिक थलोकारुपमा पञ्चवटी वीरभद्र महाकाली धामलई चिनाउनेमा  आफु विश्वस्त रहेको  बताउनु भयो ।

_MG_0589पत्रकार सम्मेलनमा, महापुराण सम्पन्न गर्न करीव २५ लाख  खर्च अनुमान गरिएको पुराण ब्यवस्थापन समितिका सचिव प्रेमराज धिमिरेले जानकारी  दिनु भयो । 

 मंसिर १५ गते बिहान १० बजे कलश यात्रा सहित विविध झाँकी र दिउसो १ बजे समुद्धाटन, मण्डप पुजन सहित  पाठपारायणको शुभारम्भ गरिने पुराण मूल समारोह  समितिले जनाएको छ ।

3 2कार्यक्रमका पत्रकार महासध झापाका पूर्व अध्यक्ष  मोहन काजी,  वर्तमान अध्यक्ष एकराज गिरी, मोफसल टिभीका प्रबन्ध निर्देशक एवं मोफसल अन्लाइन र्पोटलका सम्पादक भरत प्रसाई, सुर्योदय टेलिभिजनका समाचार संयोजक निराजन निरौला,ब्लाष्ट टाइम्सका झापा ब्युरो प्रमुख प्रेम आर्चाय, खबर खेती.कमका सम्पादक तिलक योञ्जन, समय सञ्जालका सम्पादक सरोज पौड्याल, शब्द पत्र.कमका सम्पादक उद्वव पुरी लगायत झापाका उल्लेख्य पत्रकारहरुको उपस्थिती रहेको थियो ।

महापुराणबाट करीव ७५ लाख रकम संकलन हुने अपेक्षा गरिएको पुराण ब्यवस्थापन समितिले जनाएको छ ।