हल्बिारी  । भरत प्रसाई , हल्बिारी गाँउपालिका २ स्थित सरस्वती टोल निवासी हरिप्रसाद आर्चायको धुम्तीमा बिहानको ४ बजे जंगली हात्तीले आक्रमणगरि जिन्सी सामाग्री नष्ट गरेको छ । 

आर्चायको धुम्तिमा मन कुमारी मगरले भाडामा पसल सञ्चालन गर्नु भएको थियो । 

हात्तीले उक्त घुम्ती फोडि चाउचाउ, बिस्कुट, चकलेट, मुरै, चिनी, दाल लगायतका सामान खाइदिएको   पिडित मगरले बताउनु भयो । हात्तिको आक्रमणबाट  पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।