भद्रपुर । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिकाले झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शानदार जित दर्ता गरेको छ ।

आज भएको पहिलो खेलमा हल्दिबारी गाउँपालिकालाई ५–० गोल अन्तरले हराउँदै बुद्धशान्ति गाउँपालिका आफ्नो समूहमा सशक्त टिम बनेको छ । जारी लिगमा आजसम्म यो नै ठुलो गोल अन्तरको जित हो ।download (1) 9त्यस्तै, आजको दोस्रो खेलमा मेचीनगर नगरपालिका विजयी भयो । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराएको हो ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा जितसँगै बुद्धशान्ति र मेचीनगरले तीनतीन अंक जोडेका छन् । खेलको २५ औँ, ६४ औँ, ६९ औँ र ७२ औँ मिनेटमा बुद्धशान्ति गाउँपालिकाका बबिन बोहोराले गोल गरे ।

LX1A3659बबिन जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । त्यस्तै, खेलको ४५ औँ मिनेटमा पारस लिम्बूले अर्को गोल गरे । खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए ।

उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सरिता प्रसाईं, प्रमुख सल्लाहकार टिकाराज ढकाल, सौजन्यकर्ता लोकबन्धु ढुंगानाले नगद दुई हजार र ट्रफी प्रदान गरे ।