इलाम । भरत प्रसाई,  पर्यटन बिकास बोर्ड तथा यु. एन. डि. पि. को सहकार्यमा बिद्यालय स्तरका किशोर किशोरी बिच पर्यटनकोे क्षेत्रमा  सचेतना प्रवाह गरि  क्षमता अभिबृद्दि गर्ने उदेश्यले  पहिलो चरणमा इलामका चार बिद्यालय छनोट गरिएको छ ।  

5843523d-f1e1-4aad-b646-1355579a69ab  जिल्ला सदरमुकाम इलाम बजार स्थित माउन्ट मेची  बोडिङ्ग स्कुल , आदर्श मा.वि इलाम बिरेन्द्र मा.वि आइतबारे  तथा श्री कृष्ण आश्रम हाइयर सेकेन्डरी स्कुल सुर्योदय नगरपालिका कन्याम छनौटमा परेका हुन् । 

बोर्डको कार्यक्रम अनुसार प्रत्येक बिद्यालयमा पुगी बिद्यालयको सह कार्यमा  सो   बिद्यालयका छात्र, छात्रा बिच कोशी प्रदेशको पर्यटन र सम्भाबना बिषयमा बक्तित्वकला प्रतियोगीतात्मक कार्यक्रम संञ्चालन गरि प्रत्येक बिद्यालयका बिद्यार्थीको पहुत र क्षमतालाई केन्द्र सम्म पुर्याउने उदेश्यले नेशनल सस्टेनेबल टुरिजम क्लबको समेत गठन  गरिने कुरा टि आर टि आइका नेश्नल स्कुल कोडिनेटर लक्ष्मी प्रसाद बुढाथोकी ले जानकारी दिनु भयो । 

मंसिर १२ गते आदर्श मा वि  इलामबाट सुरु गरिएको  बिद्यालय स्तरीय प्रतियोगी कार्यक्रम सोही बिद्यालयका बिद्यार्थी  प्रकृति बस्नेत ,प्रणीता खनाल,गायत्री थापा क्रमश प्रथम ,दुतिय र तृतीय स्थान हासिल गरेका छन् ।

यसै गरि माउन्ट मेचीमा  आयोजित कार्यक्रमबाट स्मृति भट्टराई ,सन्देश मगर र जोश्ना दहालले  प्रथम,द्वतिय र तृतीय स्थान हासित गर्न सफल भएको कुरा टि. आर.टि. आइ.का कोशी प्रदेश प्रतिनिधी युवा रंङ्गकर्मी तथा सामाजिक अभियन्ता माधब कल्पितले जानकारी दिनुभयो । 

  कार्यक्रमका बिच माउन्ट मेचीका  दिपक लुइँटेल  र आदर्श मा वि का दुर्गा प्रसाद अधिकारी क्लब संयोजक रहने गरि ९ सदस्यीय समिति गठन गरिएको गरिएको थियो ।

उक्त कार्यक्रम को मुलभुत सार भनेको राष्ट्रको दिगो बिकासका लागि पर्यटन भन्ने नाराका साथ पहिलो चरणमा देशका १ सय बिद्यालयमा पुग्ने लक्ष्यका साथ कार्यक्रम अघिबढाइएको कुरा बोर्डका को अडपनेटर बुढाथोकीले बताउनु भयो  । 

आदर्श मा वि इलामका प्रधानाध्यापक कुमार पौडेलको अध्यक्षतामा रहेको  कार्यक्रमको सञ्चालन गोपाल खतिवडाले गर्नु भएको थियो ।

उक्त कार्यक्रम आजबाट निरन्तर कोशी प्रदेशका करिव १५ बटा बिद्यालयमा पुगेर संञ्चालन गरिने बोर्डकी सदस्य सृष्टि सुबेदिले जानकारी दिनु भएको छ  ।