झापाको बाह्रदशी गाउँपालिका ४ स्थित चकचकीमा रहेको कानगोइ इङलिस बोडिङ स्कुलले विद्याथीको चौतर्फी क्षमता अभिबृद्वी गर्ने उदेश्यले आजबाट उद्घोषण शिक्षा आरम्भ गरेको छ । 2 3 किताबी शिक्षामा मात्रै सिमित नरहेर विद्यार्थीलाई समाज रुपान्तरमा हरियारको रुपमा प्रयोग हुने उद्घोषण र भाषणकला सम्बन्धि अतिरिक्त शिक्षा प्रदान हेतु उद्घोषण शिक्षाको शुरुवात गरिएको  स्कुलका प्रधानाध्यापक  विमल राजवंशिले जानकारी दिनु भयो । 

4 3सञ्चारकर्मी तथा मोफसल टि भीका निर्देशक भरत प्रसाईले दिइने प्रशिक्षणलाई मौखिक, लिखित र प्रयोगात्मक रुपले पठनपान गराइने सह प्रधानाध्यापक शुनिल राजवंशिले जानकारी दिनु  भयो ।

3 3दुरदराजमा रहको विद्यालय भएता पनि ३ सय भन्दा बढी बिद्यार्थीहरुको उल्लेखिय सहभागिताले विद्यालय प्रशासनलाई थप उर्जा मिलेको प्रधानाध्यापक   राजवंशीको भनाइ छ । विद्यालयमा पढाई अलाभा नृत्य र डान्सिङका कक्षा सञ्चालनमा ल्याइएको प्रधानाध्यापक   राजवंशीले बताउनु भयाे । 

विद्यालयमा सुविधा सम्पन्न भवन, प्रेयर र खेल्नका लागि फराकिलो खेल मैदान , बसको सुबिधाले दर्गम क्षेत्रका बालकालिकाको सुविधामय शिक्षा  प्राप्तिको अभिलासा पुरा गरिदिएको छ ।