काठमाडौँ। भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेको छ ।

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो।

घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।

 जनहितमा जारी

चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ ।

घटनामा अन्य  व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको छ ।