मेचीनगर । भरत भाबुक प्रसाई , मेची माहाकाली बुहारी संयुत्त आवाज की संस्थापक अध्यक्ष साथै मेम्सा इन्टरनेसनलकी अध्यक्ष यामु शर्मा सुब्बाको वैवाहिक वर्ष उत्सवको अवसर पारेर मेचीनगर १० स्थित श्री महानन्द आधारभूत विद्यालय   र शिशु साक्षर आधारभूत   विद्यालयका   ५०  जना  विद्यार्थीहरुलाई    स्विटर वितरण गरिएको छ ।

c38dcd13-ba12-4157-9f25-5331a6a0f3e6सामाजिक कमर्मा लिन हुनु भएकी  अध्यक्ष शर्माले आफ्नो वैवाहिक वर्ष उत्सव नेपालमा अध्ययन गर्ने बालबालिको आङमा थोरै मात्र भएपनि न्यानो भरर्दै मनाउनु भएको हो ।

कार्यक्रममा  मेची माहाकाली बुहारी संयुक्त आवाजकी  केन्द्रिय अध्यक्ष  चन्द्रा काफ्ले ,मेची नगर नगरपालिका वडा नं १० का कार्यबाहक अध्यक्ष विशाल कार्की ,वडा सदस्य लिला देवी दर्नाल , जानुका थापा ,शिशु साक्षर आधारभूत विद्यालय शिक्षक अभिभावक संघका सल्लाहकार चन्द्र तिवारी ,शिक्षक जानुका सुवेदी ,शिक्षक श्रृजना तिवारी ,समाजसेवी कमल मिश्र मेची माहाकाली बुहारी संयुत्त आवाज झापा जिल्ला  सह संयोजक गंगा भट्टराई ,झापा जिल्ला सदस्य रोशनी अधिकारी खनाल को उपस्थिति रहेको थियाे ।

4114bfa6-8084-49c3-b7e6-56e9a823a822दुई वटा स्कूलमा अध्ययन गर्ने जम्मा ५० जना आर्थिक अवस्था निम्न भएका विद्यार्थीहरु संस्थाकी केन्द्रिय अध्यक्ष  चन्द्रा काफ्ले  स्विटर वितरण  गर्रदै  यो कठ्याङग्रीको जाडोमा सना–सना भाइबहिनीको शरीरमा न्यानो भर्ने काम गरिदिनु भएकोमा मेम्सा इन्टरनेसनलकी अध्यक्ष यामु शर्मा सुब्बा प्रति हार्दिक आभार ब्यक्त गर्नुभयो ।

 बेला बेलामा मेची माहाकाली बुहारी संयुत्त आवाजले बेला बेलामा महिला बालबालिकाका पक्षमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।