बिर्तामोड । भरत भाबुक प्रसाई,  झापाको बिर्तामोड स्थित सी.पी होटल, बिर्तामोडमा नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाले आफ्नो नवौं अधिवेशन तथा एघारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

Capture 5नेपाल पशुपंशी औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द्र सापकोटाले पानसमा दिप बालेर अधिवेशनको औपचारिक उद्घाटन गर्नु   भएको थियो । 

नेपाल पशुपंशी औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले व्यवसायीहरुको समस्या र औषधी उपलब्धताका सम्बन्धमा सरकार र सम्बन्धित निकाय संग सम्वाद गर्ने, औषधी ब्यवसाय र भेटेनरी ब्यवसायको अभिमुखीकरणका निम्ति तालिम ब्यवस्था गर्ने,अधिवेशनको बन्द सत्रबाट अनुमोदन गरिएको मेची शाखा सचिव डेनु मगरले जानकारी दिनु भयो । 

333333नेपाल पशुपंशी औषधि व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष धना अधिकारी पाण्डे, महासचिव नारायण भुजेल, कोशी प्रदेश सचिव, सुवास चन्द्र गड्तौला,पूर्व  केन्द्रिय उपाध्यक्ष  उमानाथ भण्डारी, पूर्व अध्यक्ष  विष्णु भट्टराई, पूर्व केन्द्रिय सदस्य गोविन्द श्रेष्ठ, भेटिनरी एसोसिएशनका सचिव डा.सिताराम यादव, लगायत नेपाल भरिका औषधि ब्यवसायीहरुको उल्लेखिय मात्रामा उपस्थिती रहेको थियो ।

कार्यक्रमा बोल्दै पूर्व केन्द्रिय अध्यक्ष बिष्णु भट्राईले नयाँ कार्यसमितिलाई शुभकामना दिदै, ब्यवसायीहरुको हक र हितमा लाग्न आग्रह गर्नु भयो ।

666666 1उहाँले ब्यवसायीको फर्म दर्ता सञ्चालन, औषधीको उपलब्धता नहुँदा कृषकमा परेको मारका सम्बन्धमा बुलन्द आवाज उठाउन नयाँ कार्यसमितिलाई   अपिल गर्नु भयो ।

पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाका अध्यक्ष महेश लाल मेचले  बार्षिक  प्रतिवेदन प्रस्तुत गर्दै  २०७८ साल देखि आज सम्म संस्थामा देखिएका चुनौती  र काम कर्तव्यका सम्बन्धमा प्रकाश पार्नुृ भएको थियो । 

कार्यक्रममा २०३९ साल देखि औषधी ब्यवसायीका रुपमा रहेका  मेचीनगर ४ निवासी सनक कुमार अधिकारीलाई  दीर्घसेवा सम्मान द्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी एवं नेपाल पशुपंशी औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष सापकोटाले दोसल्ला आढाइ प्रमाणपत्रले सम्मान गर्नु भएको थियो । 

 मंगलबार साझ अबेर मात्र मतदान बाट पुन अध्यक्ष पदमा महेश लाल मेचे चयन हुनु भएको छ ।

आज भएको निर्वाचनान जम्मा  मतदाता १ सय १६ रहेकोमा ८८ मत खसेको  थियो भने, १३ मत बदर भएका थिए । 

अध्यक्षका प्रत्याशी  पुन्य प्रसाद भट्टराईले ३६ मत प्राप्त गर्दा अर्का प्रत्याशी मेचेले ३९ मत प्राप्त गरि बिजय हुनु भएको थियो ।

त्यस्तै उपाध्यक्षमा दिनेश चन्द्र महत, डेनु मगर, भिम निरौला, सचिव, खगेन्द्र रिजाल, सह सचिव लक्ष्मी प्रसाद सापकोटा, कोषाध्यक्ष, दधिराम आर्चाय र सदस्यहरुमा  नारायण बराल राम कुमार गिरी र बिष्णु घिमिरे निर्विरोध चयन हुनु भएका छन् । 

कार्यक्रमको सञ्चालन निर्वाचित मेची शाखा उपाध्यक्ष डेनु मगरले गर्नु   भएको थियो ।