झापा । झापाका नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूको जिल्ला स्तरिय बैठक  पौष बिहीबार हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ । 

झापाका सबै स्थानीय तहका प्रमुखहरुको बिचमा आपसी छलफल तथा विभिन्न विषयमा नगरपालिका तथा गाउँपालिकाले गरेका प्रगती तथा चुनौतीको बारेमा बुझ्ने उद्देश्यले २ महिना अघि सुरु गरिएको भेटघाट प्रत्येक महिना छुट्टाछुट्टै स्थानीय तहमा भेला हुने हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले जानकारी दिनु भयो ।

सामाजिक समस्या अनि समाधानमा एक आपसको सहयोगी बन्ने उदेश्यले भेलाको आयोजना गरिएको लिङदेन बताउनु हुन्छ । 

छलफलमा जुन स्थानीय निकायमा अवलोकन कार्यक्रम तय हुन्छ त्यहाँ भएको कुनै विषेश विषयमा प्रस्तुतिकरण गर्ने योजना रहेको छलफल कार्यक्रममा उल्लेख गरिएको छ । 

जस अन्र्तगत विहिबार  हल्दिबारीमा शिक्षाको क्षेत्रमा गरिएको प्रगती तथा नविनतम प्रविधिको बारेमा प्रस्तुति रहेको थियो।

हल्दिबारी गाउँपालिका कक्षा १२ सम्म निशुल्क शिक्षा रहेको छ भने हल्दिबारी नमुना माध्यमिक विद्यालयमा प्राविधिकधार तर्फ बालीविज्ञान निशुल्क पढाई भइरहेको छ  ।