बिर्तामोड, । झापाको चारपानेचोकमा शनिवार साँझ सवारीसाधन दुर्घटना भएको छ । साँझ ६ः३० बजे मोटरसाइकल र बस एकआपसमा ठक्कर हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका थिए ।

दुर्घटनामा परेका कनकाई ८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको  हो  । दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उप्रेतीले चलाएको मे. १ प ७२४८ नम्बरको मोटरसाइकलले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

मोटरसाइकलमा ३ जना सवार रहेका थिए ।  सवार अन्य २ जना बाहदशी ७ का सागर माझी र र कन्काई ५ का ५९ बर्षिय रविरत्न सिटौला गम्भीर घाइते भएको जनाइएको ।

झापा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।