दिपिन विश्वकर्मा । काठमाडौं र गायक सारमन श्री ल्वागुनको पहिलो एल्बम ममता  लै बरीमाया लै सार्वजनिक भएको छ ।

सन्तोष बि सीको शब्द संगित रहेको म्युजिक भिडियोमा सारमन श्री र स्थानिय कलाकार दिक्षा सेन्च्युरीको अभिनय रहेको पाइन्छ ।

शनिवार सार्वजनिक गरिएको एल्बममा लै बरीमाया लै बोलको गितमा सारमन श्री ल्वागुनको एकल स्वर रहेको छ ।

आफ्नो कला र गलालाई भगवानको बरदानका रूपमा लिने सारमन पछिल्लो समय गीत संगितको क्षेत्रमा आफुलाई चिनाउने प्रयासमा रहेका छन् ।

हाल उनको बसाई काठमाडौ भएपनि उनले संगीत पाठशालामा  संगीतको अभ्यासला्रई निरन्तरता दिइरहेका छन् ।

419155322_3674689446136681_4832251154186898191_nसंगीत भनेको सधाना हो,गायनकला भगवान सरस्वतीको सुन्दर बरदान हो र निरन्तर संगीतको सधानाले नै हरेक गायक गायिकालाइ सांगीतिक क्षेत्रमा स्थापित बनाउछ जसको लागि मेहनत परिश्रम अनि अथक लगनशीलताको आबश्यक पर्छ यसैको उदाहरण बनेका छन गायक सारमन उनले पछिल्लाे   समय  आफ्नै स्वरमा निदरी र दसै आयो तिहार आयो बोलको म्युजिक भिडियो समेत सार्बजनिक गरेका छन् ।

अहिले पनि उनको आवाज सुनेर मन्त्रमुग्ध नहुने मानिस कोही छैनन् ।

काठमाडौ नै बसेर श्री संगीत पाठशालामा चण्डी प्रसाद काफ्लेबाट संगीतको अभ्यास गरिरहेका  उनले हाल सम्म धेरै गायन र नृत्यका धेरै उपाधिबाट पुरस्कृत भइसकेका छन् ।

साथीभाई, आफन्त, शुभचिन्तकहरुको प्रेरणा बाट सांगीतिक यात्रा सुरु गरेका गायका सारमनले बिद्यालय पढ्दा देखिनै विभिन्न स्टेज कार्यक्रमहरुमा गाउदै अन्य धेरै कार्यक्रमहरुमा आफ्नो गायन कला, क्षमता प्रदर्शन गर्दै आफ्नो गायन यात्रा सुरु गरेका हुन् ।