बारा । निजगढ नगरपालिकाका उत्तरी भेग रतनपुर क्षेत्रमा बाघले आतङ्कले स्थानीय आंतकित भएका छन् ।

नगरपालिकाको वडा नं  १०, ११, १२ र १३ मा पाटे बाघले बाख्रा, गाई भैँसी लगायतका पशु चौपाया मार्न थालेको स्थानीयले बताए ।

बाघको आक्रमणबाट  निजगढ –१३ मा जय बहादुर स्याङ्तानको मात्रै १० ओटा बाख्रा एकै पटक मरे । 

त्यस्तैगरी सुकबहादुर थिङ्गका गोरुलाई आक्रमण गरेर घाइते बनाएको छ, भने निजगढ १०लाल स्थित सुन्दर बस्तीका किसानहरूको गोठमै बाघले आक्रमण गरेर टुबा कान्छाको २ वटा गाई, श्याम बोम्जनको १ वटा पाडा र सानुमान जिम्बाको १ वटा बाख्रा गरी एकै टोलमा ४ पशु चौपाया बाघको आक्रमणबाट मरेको स्थानीयहरूले बताएका छन् ।